नेस्ले इन्डियाद्वारा नेपालमा सर्भ सेफ फुड प्रोजेक्ट शुरू

0
Shares

नेस्ले इन्डियाले नेपाल खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभाग, नेपाल पर्यटन बोर्ड र नेसनल एसोसिएसन अफ स्ट्रिट भेन्डर अफ इन्डियाको सहकार्यमा नेपालमा सर्भ सेफ फुड प्रोजेक्ट शुरू गरेको छ।

यो प्रोजेक्टअन्तर्गत नेपालमा खाद्य सुरक्षा र स्वच्छतासम्बन्धी करिब ५०० स्ट्रिट फुड बिक्रेतालाई तालिम दिइने कम्पनीले जनाएको छ। यो परियोजनालाई भारतमा सन् २०१६ मा सञ्चालनमा गरिएको थियो।

जहाँ ४ वर्षको अवधिमा २० हजार स्ट्रिट फुड बिक्रेतालाई १७ वटा स्थानमा तालिम दिइएको थियो। प्रोजेक्ट सर्भ सेफ फुड स्ट्रिट फुड बिक्रेतालाई स्वस्थ, स्वच्छ, सुरक्षित खाना ह्यान्डलिङ, फोहोर व्यवस्थापन र उद्यमशीलता शिक्षा र प्रशिक्षणमा केन्द्रित छ।

यी तालिमले स्ट्रिट फुड बिक्रेतालाई डिस्पोजेबल ग्लोभ प्रयोग गर्न र व्यक्तिगत सरसफाईमा ध्यान राख्न सिकाउछ, जसले खाद्यजन्य रोगहरूबाट संरक्षण गर्ने कम्पनीले जनाएको छ।