बजाजको नयाँ शोरुम अत्तरियामा

0
Shares

नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले कैलालीको अत्तरियामा अझै आधुनिक एवं सुविधा सम्पन्न नयाँ शोरुम रुद्र अटोमोटिभस् शुरू भएको छ।

नयाँ शोरुम शुभारम्भ गर्दै हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिका जनरल म्यानेजर योगेन गुरुङले भन्नुभयो–हामी अत्तरियामा नयाँ शोरुम उद्घाटन गर्न पाउँदा निकै प्रसन्न छौं।

हाम्रा ग्राहकहरू निरन्तर वृद्धि भइरहनु भएको छ र उहाँहरूलाई पूर्ण सन्तुष्टि र सुविधा प्रदान गर्नु हाम्रो जिम्मेवारी हो।

कैलालीमा यो नयाँ शोरुम विस्तारसँगै, हामीले आशा गरेका छौं कि यसले ग्राहकको जीवन सहज बनाउनुका साथै उनीहरूले बजाज मोटरसाइकलको नयाँ अनुभव बटुल्ने अवसर प्राप्त गर्नेछन्।’

शोरुम उद्घाटनको अवसरमा ग्राहकहरूलाई आकर्षक उपहारको व्यवस्था पनि गरिएको छ।