सामसङले ल्यायो ब्ल्याक पिंक डान्स फेस्टिवल

0
Shares

सामसङले ल्याएको ब्ल्याक पिंक डान्स फेस्टिवलक ल्याउने भएको छ। दक्षिण कोरियामा शुरू भएको लोकप्रिय संगीत विधा के–पप (कोरियाली पप) ले नेपालमा समेत बजार ओगटिरहेका बेलाब्ल्याक पिंक डान्स फेस्टिवल नेपालमा ल्याउने भएको हो।

ब्ल्याक पिंक डान्स फेस्टिवलले कोरियाली गीत, संगित प्रेमीका लागि एउटा नवीनतम प्लेटफर्म (अवसर) सृजना गरिदिने छ। त्यसक्रममा सामसङको ए ८० सिरिजका चार–चार वटा फोन एकैपटक जित्न सक्ने अवसर समेत ल्याएको छ।

साथै यसका सहभागि १० टिमले ५/५ हजार रुपियाँभन्दा बढीका गिफ्ट ह्याम्पर समेत प्राप्त गर्ने छन्।

डिसेम्बरको २८ तारिखमा काठमाडौंको सिल्भर ओके ब्याङकेट एन्ड इभेन्ट सेन्टरमा हुन लागेको कोरियन म्युजिक डान्समा सहभागिता जनाउनका लागि कुनै पनि के पप सङ मा १ मिनेटको नाच रेकर्ड गरी डिसेम्बर २० तारिखभित्र सामसङ नेपालको आधिकारीक वेवसाइटमा त्यो भिडियो उपलब्ध गराउनुपर्नेछ।