बु्रकिन र मनिता फेस अफ प्लस टु

0
Shares

ग्रेस इन्टरनेसनलले राजधानीमा आयोजना गरेको फेस अफ प्लस टु २०१९ को उपाधि जेएमसी कलेजका बु्रकिन थापा र इन्साइट भिजन कलेजकी मनिता चौलागाईंले चुमेका छन्।
राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको प्रतियोगितामा युवातर्फ लुम्बिनी कलेजका समीर दाहाल फस्ट र इन्साइट भिजनका आकाश बुढाथोकी सेकेन्ड रनर्सअप भएका छन् भने युवतीतर्फ केब्स कलेजकी इन्कला कार्की फस्ट र विनायक सिद्ध कलेजकी सायरा कार्की सेकेन्ड रनर्सअप भएका छन्।

सुनौलो संसार म्यानेजमेन्टले गरेको प्रतियोगितामा रूपेश बस्नेत र इन्कला कार्की मिस्टर एन्ड मिस पर्सनालिटी तथा मिस्टर एन्ड मिस कन्फिडेन्ट, लोकेन्द्र महोतरा र मनिता चौलागाईं मिस्टर एन्ड मिस फोटोजेनिक, सुरज खड्का र सविता राई मिस्टर एन्ड मिस फ्रेन्डसिप, सुरज खड्का र चाँदनी खड्का मिस्टर एन्ड मिस स्टाइललिस्ट, लोकेन्द्र महोतरा र सायरा कार्की मिस्टर एन्ड मिस पपुलर, सुनिल परियार र मिङ्मा शेर्पा मिस्टर एन्ड मिस बेस्ट वर्क, चेरी लामा र नेहा शाही मिस्टर एन्ड मिस बेस्ट स्माइल, आकाश बुढाथोकी र चाँदनी खड्का मिस्टर एन्ड मिस कन्जिनियालिटी, रोशनी भण्डारी र कल्पना श्रेष्ठ मिस्टर एन्ड मिस भ्युवर्स च्वाइस, रूपेश बस्नेत र मिङ्मा शेर्पा मिस्टर एन्ड मिस ट्यालेन्ट, रेवन दाहाल र सायरा कार्की मिस्टर एन्ड मिस मल्टीमिडिया भए।

रोजिन शाक्य र निशा श्रेष्ठले कोरियोग्राफी गरेको प्रतियोगिताको निर्णायकमा अजयसिंह ठकुरी, प्रिया रानी लामा, महेश ज्ञवाली र छिरिङ शेर्पाले रहेका थिए।