बिनिमा मिस तामाङ मकवानपुर

0
Shares

हेटौंडा, (नेस)।
बिनिमा लामा (दोङ) पहिलो ‘मिस तामाङ मकवानपुर’ हुन सफल भएकी छिन्। मकवानपुरमा पहिलोपटक आयोजना गरिएको प्रतियोगितामा ८ प्रतिस्पर्धीलाई पछि पार्दै हेटौंडा उपमहानगरपालिका–८ की उनी पहिलो मिस तामाङ मकवानपुरको ताज पहिरिन सफल भएकी हुन्।
उनले काठमाडौंमा हुने मिस तामाङमा सहभागिता जनाउन पाउने आयोजकले जनाएका छन्।उनले नगद ४० हजारसहित विभिन्न पुरस्कार पाएकी छन्। हेटौंडामा सम्पन्न फाइनलमा उत्कृष्ट प्रस्तुति दिँदै रेखा लामा लो फस्ट रनरअप र आरती थिङ सेकेन्ड रनर्सअप भएका छन्।
उनीहरूले क्रमशः २५ हजार र १५ हजार नगदसहित विभिन्न पुरस्कार पाएका छन्। कार्यक्रममा हेटौंडा उपमहानगरपालिका उपप्रमुख मीना लामाले तामाङ समाजको मौलिक संस्कार संरक्षण र प्रवद्र्धनमा यस किसिमका कार्यक्रमले विशेष टेवा पुर्याउने बताइन्।
प्रतियोगितामा १६ देखि २३ वर्ष उमेर समूहका तामाङ युवतीले प्रतियोगितामा सहभागिता जनाएका थिए। लुक्स फेसन होमको प्रायोजनमा मिस तामाङ मकवानपुर २०७६ भएको हो।