३ केजी कोकिनसहित बोलिभियन महिला विमानस्थलबाट पक्राउ

0
Shares

न्युज अफ नेपाल, काठमाडौं।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध लागूऔषध ३ केजी कोकिनसहित बोलिभियन नागरिक पक्राउ परेका छन् ।

मंगलबार बिहान प्रहरीले हेरिया आर्टिगा गोल्गा नामकी ४१ वर्षीया युवतीलाई पक्राउ गरेको हो ।

फ्लाई दुबईको उडानद्वारा काठमाडौं आएकी उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरस्थित लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालयबाट खटिएको प्रहरीले बिमानस्थलको आगमन कक्षमा जाँच गर्ने क्रममा उनको सुटकेशभित्र उक्त परिमाणको लागूऔषध फेला पारेको थियो ।