सिंह निवासमा सिटौला र सिंहबीच गोप्य छलफल

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

कांग्रेसको विवाद समाधानको लागि सक्रिय देखिएका कृष्ण प्रसाद सिटौला र नेता प्रकाशमान सिंहबीच भेटवार्ता सुरु भएको छ । सिंह निवास चाक्सीबारीमा अपरान्ह ४ बजेदेखि दुई नेताबीच छलफल सुरु भएको सिंहका सहयोगी यूपी लामिछानेले जानकारी दिए ।

‘अहिले नेताहरु प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला बिच सिंह निवास चाकसिबारी ठमेलमा छलफल सुरु भएको छ ।’

लामिछानेले भने, ‘भोलि बस्ने कांग्रेस केन्द्रीय समिति बैठक अघि सहमति जुटाउन नेताहरुबिच भेटघाट र छलफल भएको हो ।’

नेता सिंहलाई भेट्नु अघि सिटौलाले बरिष्ठ नेता रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका थिए । सिटौलाले मंगलबार बिहानै वरिष्ठ नेता पौडेलसँग छलफल गरे । उनले भेटवार्तामा पौडेलले सभापति देउवाले कसैको कुरा नसुनेको गुनासो गरेको जानकारी पनि दिए ।

सोमबार सिटौलाकै प्रस्तावमा सभापति शेरबहादुर देउवाले बुधबारसम्मको लागि बैठक स्थगित गरेका थिए ।

सिंहसँगको भेटवार्ता पछि सिटौलाले आजै उपसभापति विमलेन्द्र निधिसँग भेटगर्ने कार्यक्रम छ ।

सभापति देउवा पक्षबाट पार्टी उपसभापति बिमलेन्द्र निधि र बरिष्ठ नेता पौडेलको तर्फबाट बरिष्ठ नेता सिंह संयोजकत्वको टोलीले छलफल अघि बढाइरहेको छ ।