नेकपाले टुङ्ग्यायो सांगठनिक कार्यविभाजन

0
Shares

हेटौंडा, (नेस) ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरले आफ्नो सबै सांगठनिक कार्यविभाजन टुङ्ग्याएको छ । बैठकले प्रतिनिधिसभा, प्रदेशसभाका निर्वाचन क्षेत्र र जिल्लाका सबै दश स्थानीय तहको विभागीय, संगठनतर्फका संयोजक र सहसंयोजकमा कार्यविभाजन गरेको हो ।

तत्कालीन नेकपा एमाले र माओबादी केन्द्रको एकीकरणका क्रममा नेकपा मकवानपुरले भुगोल, विभाग र जनसंगठनको एकता र जिम्मेवारी बाँडफाँट गरेको छ । नेकपा मकवानपुरले पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर जिम्मेवारी बाँडफाँटसँगै पार्टी एकताले पूर्णता पाएको जनाएको हो ।

पार्टीको तेस्रो बैठकबाट कार्यविभाजन गरिएको हो । नेकपा मकवानपुरले ६ वटा निर्वाचन क्षेत्र, दश स्थानीय तह, २६ विभाग र २० जनसंगठन संयोजक र सहसंयोजक टुङ्ग्याएको पार्टी प्रचार तथा प्रकाशन विभाग संयोजक तथा हेटौंडा–४ अध्यक्ष नवीन सिग्देलले बताउनुभयो ।

पत्रकार सम्मेलनमा नेकपा केन्द्रीय सदस्य/मकवानपुर सहइञ्चार्ज रामेश्वर रानाले ‘सम्वृद्व नेपाल–सुखी नेपाली’ को अवधारणा सबैले पूरा गर्न लाग्नुपर्ने र लोकतान्त्रिक गणतन्त्रलाई आत्मसात् गर्दै देश विकासमा आफ्नो कर्तव्य पूरा गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । सहइञ्चार्ज रानाले पार्टी एकताको सन्देशसहित सबैले सकारात्मक भूमिका निर्वाह गरेर पार्टीलाई उचाईंमा पु¥याउनुपर्नेमा जोड दिनुभयो ।

नेकपा मकवानपुर अध्यक्ष मुनु सिग्देलले पार्टीभन्दा माथि कोही नहुने भएकाले यसैअनुसार काम गर्न आग्रह गर्नुभयो । अब छिट्टै स्थानीय तहको प्रशिक्षण गरिने बताउँदै उहाँले भन्नुभयो–घोषणापत्रमा उल्लेख गरिएका काम स्थानीय तहले गर्नुपर्छ । पुसभित्र स्थानीय तहले गरेका कामको समिक्षा गर्ने तयारीमा छौं ।

विभाजनअनुसार कार्यक्षेत्र समन्वय कमिटी संयोजकतर्फ प्रतिनिधिसभा–१ मा बलराम बल र सचिवमा अनिल बानियाँ, प्रतिनिधिसभा–१ (क) संयोजक कमल बिष्ट र सचिव ज्ञानसागर लामा, प्रतिनिधिसभा–१ (ख) संयोजक गोपाल श्रेष्ठ र सचिव बालकृष्ण चौलागाईं, प्रतिनिधिसभा–२ संयोजक एकलाल श्रेष्ठ र सचिव प्रकाशचन्द्र पाण्डे, प्रतिनिधिसभा–२ (क) संयोजक शंकरराज बानियाँ र सचिव भगवती पुडासैनी तथा प्रतिनिधिसभा–२ (ख) संयोजक लालबहादुर थापा र सचिव नरेन्द्र रिजाल रहनुभएको छ ।

पालिकातर्फ बागमतीमा इञ्चार्ज अणराज जर्गामगर र सहइञ्चार्जमा हस्तबहादुर थिङ, शर्मिला बिक, खेम जर्गामगर, बकैया गाउँपालिका इञ्चार्ज लक्ष्मी पाख्रिन, सहइञ्चार्ज कृष्ण चौलागाईं, मकवानपुरगढी गाउँपालिका इञ्चार्ज मानकुमारी नेपाली र सहमा तेजप्रसाद लम्साल, भीमफेदी गाउँपालिका इञ्चार्जमा बद्रीलाल स्यांतान र सहमा पञ्चमाया स्यांतान, इन्द्रसरोवर गाउँपालिका इञ्चार्जमा रामचन्द्र बल, सहमा विनय गोले र देवकृष्ण पुडासैनी, थाहानगरमा इञ्चार्ज विष्णु ढकाल, सहमा लक्ष्मण बिष्ट र राजु नापित, कैलाश गाउँपालिका इञ्चार्जमा बालकुमार मल्ल र सहमा बच्चु ढुंगाना, राक्सिराङ गाउँपालिका इञ्चार्जमा वनस्थम थिङ र सहमा सुन्तली प्रजा रहँदा मनहरी गाउँपालिका इञ्चार्ज राजाराम स्यांतान र सहमा हीराबहादुर स्यांतान र गौतम लामा तथा हेटौंडा उपमहानगरमा इञ्चार्ज श्रीधर पोखरेल र सहमा विवेक राई रहनुभएको छ ।

संगठन विभाग प्रमुख बद्रीप्रसाद लम्साल र उपप्रमुख कमानसिं पाख्रिन, प्रचार तथा प्रकाशन विभाग प्रमुख सिग्देल, उपप्रमुखमा जनक पहरी, पार्टी स्कुल विभाग उपप्रमुख ध्रुव चौलागाईं, शिक्षा तथा मानवस्रोत विभाग प्रमुख पद्मा पौडेल, उपप्रमुख तारानाथ खतिवडा र चन्द्र भुसाल तथा उद्योग, वाणिज्य विभाग प्रमुखमा इन्द्र नेपाल र उपप्रमुखमा रुपेश बर्तौला रहनुभएको पार्टीले जनाएको छ ।

युवा तथा खेलकुद विभाग प्रमुख हिदम लामा, उपप्रमुख चन्द्र घलान, श्रम तथा रोजगार विभाग प्रमुख बच्चु खड्का गोले र उपप्रमुख श्याम श्रेष्ठ, जलस्रोत, सिचाईं तथा ऊर्जा विभाग प्रमुख लोकनाथ गौतम र उपप्रमुख जीवन लामा, पर्यटन प्रवद्र्धन तथा नागरिक उड्डयन विभाग प्रमुख फुर्वा दोर्जेलामा र उपप्रमुख तारा सिन्तान, सहकारी तथा गरिबी निवारण विभाग प्रमुखमा विदुर हुमागाईं, उपप्रमुखद्वयमा अप्सरा लोप्चन र मञ्जु थिङ, अर्थ तथा योजना विभाग प्रमुख परशुराम गौतम र उपप्रमुख टंक मुक्तान रहनुभएको छ ।

पार्टीका अनुसार बन तथा वातावरण विभाग प्रमुखमा जीवन गोले र उपप्रमुखमा पार्वती राना, भौतिक पूर्वाधार तथा यातायात व्यबस्था विभाग प्रमुखमा सरोज खनाल र उपप्रमुखमा मणि पाठक, कृषि तथा भूमिसुधार विभाग प्रमुख जयबहादुर वाइबा र उपप्रमुख शंकर राई, स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख प्रकाश पौडेल र उपप्रमुख गीता कार्की हुनुहुन्छ भने न्याय, कानुन तथा मानवअधिकार विभाग प्रमुखमा लक्ष्मी माझी र उपप्रमुखमा मीना रुपाखेती रहनुभएको छ ।

उपभोक्ता हित तथा आपूर्ति विभाग प्रमुख उत्तम शर्मा र उपप्रमुख चन्द्र योञ्जन, कोष तथा आर्थिक व्यबस्थापन विभाग प्रमुख विष्णु दाहाल, उपप्रमुख जयबहादुर थिङ, शहरी विकास विभाग प्रमुखमा हेटौंडामा मेयर हरिबहादुर महत र उपप्रमुखमा पूर्णबहादुर वाइबा, निर्वाचन विभाग उपप्रमुखमा आनन्द घलान, साहित्य, कला तथा सँस्कृति विभाग प्रमुखमा कमला बिक र उपप्रमुखमा बुद्धरत्न मानन्धर, समाजकल्याण विभाग प्रमुख सीता बिष्ट, उपप्रमुख वसन्त गौतम, स्थानीय तह विभाग प्रमुखमा मदन दाहाल, उपप्रमुखमा ज्ञानकुमार थोकर, खानेपानी तथा सरसफाइ विभाग प्रमुखमा सन्तवीर लो, उपप्रमुखहरुमा जुना दाहाल र प्रेमबहादुर डिम्डुङ, पुस्तकालय तथा अभिलेख विभाग प्रमुखमा तिलककुमार अधिकारी, उपप्रमुखमा ज्ञानेन्द्र लामिछाने रहँदा राजकीय मामिला तथा सुशासन विभाग प्रमुखमा शेरबहादुर पहरी, उपप्रमुखमा राजन थापा हुनुहुन्छ ।

कार्यक्रममा नेकपा मकवानपुर सचिव प्रेमबहादुर पुलामीसहित जिल्लास्तरका संगठनहरु, विभाग प्रमुखलगायतको सहभागिता थियो ।