गुठी संस्थानका प्रमुख प्रशासक र उपप्रशासक पक्राउ घुस लिएको आरोपमा पक्राउ

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

गुठी संस्थान प्रधान कार्यालय त्रिपुरेश्वरका प्रमुख प्रशासक नारायण चौधरी र उपप्रशासक जयप्रसाद रेग्मीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ।

मंगलबार उनीहरूलाई अख्तियारले कार्यालयबाटै पक्राउ गरेको हो। जग्गासम्बन्धी विवादमा सेवाग्राहीबाट घुस रकम लिएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए। उनीहरूले कति लिएका थिए भन्ने विषयमा अनुसन्धान भइरहेको कोइरालाले बताए।

मुद्दा हार्ने पक्षलाई आठ लाख रुपैयाँ फिर्ता गरेको निवेदन परेपछि अख्तियारले उनीहरूमाथि अनुसन्धान गरिरहेको थियो।