माईन जोखिम शिक्षा सिकाउँदैै सेना

0
Shares

अमृत अर्याल, स्याङजा ।

नेपाली सेनाले स्याङ्जाका ११ स्थानीय तहका नागरिकलाई माईन जोखिम शिक्षा शुरु गरेको छ । जिल्लाको वालिङ नगरपालिकाबाट शुरु गरिएको माईन जोखिम शिक्षा अब हरेक पालिकामा शुरु गर्न लागिएको हो । बिष्फोटक बस्तुबाट हुने जोखिमलाई कम गर्ने उद्येश्यले यस्तो कार्यक्रम गरिएको दुर्गा भन्जन गुल्मका गुल्मपति सेनानी हेमराज बिष्टले जानकारी दिनुभयो ।

बिष्फोटनको जोखिमलाई कम गर्ने जिम्मेवारी सर्वसाधरण जनताको पनि भएकाले हरेक नागरिकले सुरक्षा सम्बन्धी ज्ञान प्राप्त गर्नुपर्छ भन्ने उद्येश्यले नेपाली सेनाले यस्तो कार्यक्रमको आयोजना गर्न लागेको हो । समाजका अगुवालाई यो शिक्षा दिलाउछौ गुल्मपति बिष्टले भन्नुभयोे,‘जुन शिक्षा समाजिक अगुवाहरु मर्फत छरछिमेक, आफ्नो परिवार, साथीभाई लगायत सबैमा पुगोस ।’ बिष्फोटक पदार्थबाट नागरिक सचेत हुनका लागि ज्ञान हासिल गर्नुपर्छ भन्ने मान्यता नेपाली सेनाको हो उहांले भन्नुभयोे ।

बाटोघाटो वा घर वरीपरि कुनै शंकास्पद बस्तु फेला परेमा छुन नहुने, सेना वा अन्य सुरक्षाकर्मीको व्यारेक वरिपरि लगाईएको तार लाई छुन नहुने र विष्फोटन भएमा कसरी सुरक्षित रहने भन्ने विषयमा सेनाले सहभागीहरुलाई सहजीकरण गरेको थियो ।

वालिङ नगरपालिकाका नगर प्रमुख दिलिपप्रताप खाँण, उपप्रमुख कल्पना तिवारी, प्रमुख प्रशासकिय अधिकृत गुरुदत्त सुवेदी लगायतको सहभागितामा भएको कार्यक्रममा नगरभित्रका शिक्षक, वडा अध्यक्ष, उद्योगी व्यवसायी, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।

नागरिकलाई बिष्फोटक पदार्थको बारेमा जानकारी दिएर नेपाली सेनाले प्रसंशनीय काम गरेको सहभागीहरुले बताएका थिए । कार्यक्रमको गुल्मका उपसेनानी बद्रि केसीले सहजिकरण गर्नुभएको थियो । गुल्मपति बिष्टका अनुसार महिनामा दुई पालिकामा शिक्षा दिने गरी कार्यक्रम तय गरिएको बताउनुभयो ।