इस्लिङटनले दियो ३ विद्यार्थीलाई बेलायतमा पढ्ने छात्रवृति

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

कमलपोखरी इस्लिङटन कलेजले स्नातक तहमा उत्कृट छनौट भएका तीन विद्यार्थीलाई लण्डन मेट्रोपोलिटन विश्वविद्यालयमा सुचना प्रविधिको स्नातकोत्तर तह अध्ययन गर्ने गरी पुर्ण छात्रवृति घोषणा गरेको छ । कलेजको दिक्षान्त समारोहमा कलेज र आइएनजी ग्रुपका अध्यक्ष शुलभ बुढाथोकीले छात्रवृति घोषणा गर्नुभएको हो ।

छात्रवृति पाउने विद्यार्थीहरुमा त्रिजन मानन्धर, सविन नकर्मी र अरुण आचार्य रहेका छन् । उनीहरुले विश्वविद्यालयमा थप अध्ययनगर्न छात्रवृति पाएका हुन । अध्यक्ष बुढाथोेकीले विश्वविद्यालयमा खान, बस्न र हवाई टिकट र अध्ययनको लागि तीन जनालाई पुर्ण छात्रवृति उपलब्ध गराएको जानकारी दिनुभयो ।

सो विश्वविद्यालयमा सुचना प्रविधि र व्यवस्थापन विषयमा स्नातकोत्तर अध्ययनको लागि सम्पुर्ण खर्च विश्वविद्यालयले बेहोर्ने भएको छ । छनौटमा परेका विद्यार्थीलाई पुर्ण अध्ययनका लागि सो कलेजले ३३ हजार पाउण्डको छात्रवृति पाउनेछन् छ–कलेजका अध्यक्ष बुढोथोकीले भन्नुभयो । स्लिङटन कलेजमा अध्ययन गर्ने विद्यार्थीको विद्यार्थीको सुचना, प्रविधिको पढाई उत्कृष्ठ रहेकोले थप अध्ययन गर्न छात्रवृति दिएको जानकारी गराउनुभयो । उहाले भन्नुभयो–छात्रवृतिसंगै थप अध्ययन पुरा गरेका विद्यार्थीले नेपालमै रोजगारी सिर्जना गर्न सकुन भन्ने उद्देश्यले छात्रवृति दिएका हौ ।

त्यसैगरी सोही कलेजमा अध्ययनरत दुई विद्यार्थीलाई कलेजमै अध्ययन गर्न छात्रवृति दिएको छ । छात्रवृति पाउनेमा रसिला श्रेष्ठ र कोमल निरौला रहेका छन् । उनीहरुलाई स्नातकोत्तर तह अध्ययन गर्न छात्रवृति दिएको कलेजले जनाएको छ ।

यसैबीच कलेजमा स्नातक तह पुरा गरेका गरेका ४ सय सय ४५ विद्यार्थी दिक्षित भएका छन् । काठमाडौमा आयोजित समारोहमा लण्डन मेट्रोपोलिटन विश्वविद्यालयका भाइस चान्सलर लिन प्राध्यापक डब्सले दिक्षीत विद्यार्थीलाई दिक्षान्तको प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

दिक्षान्त समारोहमा बोल्दै भाइस चान्सलर डब्सले विदेशी विश्वविद्यालयको कोर्ष अध्ययन गराएको इस्लिङटन कलेजले गरेको शैक्षिक प्रगतिको खुलेर प्रशंसा गर्नुभएको थियो । उहाले नेपालमा प्रदान गरेको शिक्षा विश्वकै उत्कृष्ठ दर्जामा रहेको दाबी गर्नुभयो । भन्नुभयो–इस्लिङटन कलेजले विश्वविद्यालयले सोचेभन्दा प्रगति गरेको छ । विश्वको आवश्यकता सुचना प्रविधिमा आधारित शिक्षा हो, सुचना प्रविधि सहितको शिक्षा दिन कलेज सक्षम र सफल भएको छ ।

उहाँले दीक्षित विद्यार्थीलाई शुभकामना दिदै भन्नुभयो–तपाईहरु लण्डन मेट्सका सफल विद्यार्थी हुनुभएकोमा बधाई छ । तपाईहरुको अबको यात्रा सुखमय रहोस ।

कार्यक्रममा बोल्दै आइएनजी ग्रुपका अध्यक्ष बुढाथोकीले अन्तराष्ट्रिय स्तरको शिक्षा दिन सफल विद्यार्थीले सोही स्तरको प्रगति हासिल गरेको बताउनुभयो । उहाले नेपालमा हासिल गरेको शिक्षा नेपालमै प्रयोग गर्न विद्यार्थीलाई आग्रह गर्नुभयो । भन्नुभयो–थप शिक्षा हासिल गर्न विदेश जानु होला तर उच्च शिक्षा पुरा गरेपछि नेपालमै फर्कनु होला । इस्लिङटन कलेजमा अध्ययन पुरा गरेका विद्यार्थीले कुनै न कुनै सरकारी,गैरसरकारी र निजी क्षेत्रमा रोजगारी हासिल गर्न सफल भएको जानकारी गराउदै इस्लिङटनले रोजगारीमा आधारित शिक्षा प्रदान गरिरहेको उल्लेख गर्नुभयो ।

अन्य विश्वविद्यालयका कलेजको दाजोमा आइएनजी ग्रुपद्धारा संचालित इस्लिङटन कलेज सुचना र प्रविधिमा आधारित कलेजले शिक्षाले विश्वमा सफलता हासिल गर्न सकेको दाबी गर्दै उहाले भन्नुभयो–अब नेपालमै विश्वस्तरको रोजगार सहितको शिक्षा हामीले दिनेछौ । अध्ययन संगै नया काम खोज्न अमेरिका, अष्ट्रेलिया जापान लगायत मुलुकमा भौतारिनुपर्ने अवस्थाको अन्त्य गरी अब नेपालमै सोही स्तरको शिक्षा पाउने स्तरको पठन पाठन गर्न कलेज सफल भएको उहाको भनाई थियो ।

उहाले भन्नुभयो –विद्यार्थीको लाइफ स्टाइललाई परिवर्तन गर्न र उत्कृष्ठ रोजगारी हासिल गर्न सुचना र प्रविधियुक्त शिक्षा उपलब्ध गर्न आइएनजी ग्रुपको कलेज सफल भएको छ । उहाले भन्नुभयो–पढाइको सिलशिलामा तपाईहरुको यात्रा शुरु भएको छ । ‘अब तपाईहरुले पहिला आफुलाई सोच्नुस, त्यसपछि परिवार, आफन्त, समाज देश र विश्वकोलागि केही गर्नुस । अध्यक्ष बुढोथोकीले दिक्षान्त समारोहमा दिक्षीत विद्यार्थीको उज्वल भविश्यको शुभकामना दिनुभयो ।

सन् १९९६ मा इन्फोमेटिक्स त्यसपछि सन् २०१० मा इस्लिङटन कलेजको नामबाट स्थापित कलेजले बेलायत स्थित लण्डन मेट्रोपोलिटन विश्वविद्यालयको बाट संबन्धन लिएको हो । हाल कलेजमा बिबिएमा कम्प्युटिङ, नेटवर्किङ एण्डआइटी सेक्युरिटी र मल्टीमिडिया टेक्नोलोजी विषयमा तीन वर्षिय कोर्ष अन्तर्गत संचालन भैरहेको छ । व्यवस्थापन अन्तर्गत चार वर्षिय बिबिएमा इन्टरनेशनल विजनेस, फाइनान्स र मार्केटिङ रहेका छन् । तथ्याङक अनुसार इस्लिङटनमा अध्ययनगर्ने विद्यार्थी मध्य ९८ दशमलब ६ प्रतिशतले रोजगार हासिल गरिरहेका छन् ।