प्रेस संगठन ललितपुरले पुर्णता पायो

0
Shares

न्युज अफ नेपाल, ललितपुर ।

प्रेस संगठन नेपाल ललितपुर जिल्ला कार्य समितिले पुर्णता पाएको छ । समितिको आज सोमबार बसेको बैठकले ३७ सदस्यीय कार्यसमिति चयन गरेको छ । संगठनका केन्द्रीय सदस्य अमृतनाथ तिमल्सिना डिल्ली आचार्य, ज्ञानप्रसाद पौडेल र सागर न्यौपाने सहितको बैठकले कार्यसमिति गठन गरेको हो ।

आवश्यकता अनुसार बाकी ४ जना पछि मनोनयन गर्नेगरी हाललाई ३७ सदस्यीय कार्यसमिति गठन गरीएको छ । प्रेस संगठनको केन्द्रीय कार्यालयको निर्देशन बमोजिम एकता भई गठीत जिल्ला कार्य समिति गठन गरेको हो । कार्यसमितिको संयोजकमा ईश्वराज ढकाल र सह संयोजकमा रामहरि कार्की रहनुभएको छ ।

सदस्यहरुमा अजय देशार, अञ्जली शाक्य, अनिल पन्त, अशोक कुमार दुलाल, ईश्वर महर्जन, कल्याण पौडेल, कृष्ण पौडेल ,केशव घिमिरे, केशरी पुन,गोपाल आलेमगर, घनश्याम धमला, टुना भट्ट रहेका छन् ।

त्यस्तै नविन लुईटेल, निर्जना भट्ट, पवन पन्त, पवन सिंह बराइली ,पुरुषोत्तम बस्नेत ,बालमुकुन्द आचार्य, मदन पौडेल,मधुसुदन राय ,महेन्द्र घतानी,रचना तिमल्सिना, राजु श्रेष्ठ ,.रामशरण काफ्ले, वाइपी घिमिर, विकास भट्टराई, सरिता कार्की, सविन शर्मा, सागर देवकोटा ‘शुशान्त’,सुजन पन्त,सुभानु आचार्य , शान्ति घिमिरे,शिवप्रसाद बञ्जरा , शिवराज ढकाल र श्रेया गिरी सदस्य रहेका छन् ।