पनौतीको सबै वडामा सिसि क्यामरा राख्ने योजना

14
Shares

न्युज अफ नेपाल,पनौती, काभ्रे ।

पनौती नगरपालिकाको सबै वडाका बजार क्षेत्रमा सिसि क्यामरा जडान गरिने भएको छ । नागरिकको सुरक्षाका लागि विभिन्न संघ संस्था संग समन्वय गरि नगरको बसपार्क क्षेत्रमा मात्र सिसि क्यामरा जडान गरिएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ईन्द्रप्रसाद अधिकारीले नेपाल समाचारपत्रलाई जानकारी दिए अनुसार शुसासन कायम राख्न सिसि क्यामरा पनि महत्वपुर्ण भएकोले सबै वडाको बजार क्षेत्रमा यो योजना ल्याउने तयारी गरिएको हो । दुई वर्ष पछि हुने मकर मेला सम्ममा सबै वडामा सिसि क्यामरा जडान गरिसक्ने नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले सुशासन कायम राख्न र सार्वजनीक जवाफदेहिता कायम गर्ने कामलाई प्राथमिकता दिएको भन्दै वरिष्ठ प्रशसकिय अधिकृत अधिकारी भन्नुहुन्छ– यसको पहिलो प्रयासको रुपमा हरेक वडाले मासिक आम्दानी खर्च सार्वजनीक र अध्यवधिक गर्ने गरिएको छ । जनशक्ति व्यवस्थापन चुनौतीपुर्ण रहेको पनौती नगरका सबै वडामा दिगो स्रोत र साधन पहिल्याएर व्यवस्थापन गरिने उहा बताउनु हुन्छ ।

नगरमा पुर्ण जनशक्ति राख्न समस्या रहेको उल्लेख गर्दै वरिष्ठ प्रशासकि अधिकृत अधिकारीले केहि जनशक्ति नया थपेको र भैरहेकोलाई काम थप गरेर अहिले कार्य व्यवस्थापन गरिएको बताउनु भएको छ ।