पनौती वजारमा पनि बर्थिङ सेन्टर

0
Shares

न्युज अफ नेपाल, पनौती, काभ्रे ।

पनौती नगरको मुख्य बजार क्षेत्र भित्र रहेको वडा नं ७ मा बर्थिङ सेन्टर र प्रयोगशाला सञ्चालनमा ल्याइएको छ । पनौती स्वास्थ्य चौकी भित्र रहेको सो बर्थिङ सेन्टर र प्रयोगशालाको सोमबार नगर प्रमुख भीम न्यौपानेले उद्घाटन गर्नुभएको छ ।
बनौती बजारमा जनसंख्याको बढ्दो चापलाई ध्यानमा राख्दै नगरपालिकाले बर्थिङ सेन्टर र प्रयोगशाला स्थापना गरेको जनाएको छ । बर्थिङ सेन्टर र प्रयोगशालाको उद्घाटन गर्दै नगरप्रमुख न्यौपानेले भन्नुभयो– यो बर्थिङ सेन्टरलाई भविश्यमा सामुदायीक अस्पतालको रुपमा विकशित गरिने नगरपालिकाको योजना रहेको छ ।

काभ्रेको दक्षिणी क्षेत्रबाट बसाइृसराई तथा अन्य कामले आउनेहरु पनौती बजारमा बसोबास गर्ने गरेको र पछिल्लो समय यहा जनसंख्याको चाप बढेकोले वडा नं ७ मा एउटा बर्थिङ सेन्टर अत्यावश्यक थियो । यो बर्थिङ सेन्टर र प्रयोगशालामा एएनसि प्याकेज अन्तर्गत विभिन्न १८ प्रकारको परिक्षण हुन्छ ।

हेल्थ असिष्टेण्ट, अहेव, अनमी, ल्याव असिष्टेण्ट गरि नौ जना स्वार्थिकर्मी रहेको यो बर्थिङ सेन्टर र प्रयोगशालामा यस अघि गर्भवती चेकजाचको लागि मासिक ७०/८० जना आउने गरेका थिए ।

बर्थिङ सेन्टर र प्रयोगशालाको लागि आवश्यक जनशत्ति नगरपालिकाले उपलब्ध गराएको भन्दै नगरपालिकाका वरिष्ठ प्रशासकिय अधिकृत ईन्द्रप्रसाद अधिकारीले भन्नुभयो– पुर्वाधार भएको र जनघनत्व बढी भएकोले यहा बर्थिङ सेन्टरको स्थापना गरिएको हो । बजार क्षेत्रमा कोठा भाडामा बस्ने जनसंख्याको चाप पनि धेरै छ । उहाका अनुसार पनौती नगर भित्र खोपासि र कुशादेविमा यस अघि नै बर्थिङ सेन्टर सञ्चालनम रहेको छ ।

पनौती बजारमा बर्थिङ सेन्टर र प्रयोगशालाको स्थापनाले यस क्षेत्रका धेरै महिलाहरु लाभान्वित हुने वडा नं ७ का वडा अध्यक्ष रामचन्द्र नास्नानीले बताउनु भएको छ । यो बर्थिङ सेन्टरमा पहिलो पटक बच्चा जन्माउने महिलालाई वडा सदस्य पुरुषोत्तम कर्मचार्यले ५ हजार ५ सय ५ रुपैया नगद दिने उद्घाटन कार्यक्रममा घोषणा गर्नुभएको थियो ।