सुनको भाउ घट्यो

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

मंगलबार सुनको भाउ प्रति तोला २ सय रुपैँयाले घटेको छ । हिजो सोमबार ७१ हजार रुपैयामा कारोबार भएको सुन आज प्रति तोला ७० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै तेजाबी सुनको भाउ घटेर प्रति तोला ७० हजार ५ सय रुपैयामा कारोबार भइरहेको छ । हिजो प्रति तोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको तेजाबी सुनको भाउ २ सय रपैयाले घटेको हो । यस्तै आज चाँदी तोलामा ५ रुपैयाले घटेर प्रतितोला ८ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासङघले जनाएको छ ।