ट्रक र अटो आपसमा ठोक्‍किँदा २ जनाको घटनास्थलमै मृत्यु, २ घाइते

0
Shares

न्युज अफ नेपाल, धनकुटा ।

धनकुटाको छथर जोरपाटी गाउँपालिका–२ फलैचामा आइतबार दिउँसो टेम्पु ट्रक र अटो आपसमा ठोक्‍किँदा २ जनाको घटनास्थलमै ज्यान गएको छ । दुर्घटनामा परी दुई जना घाईते भएका छन् ।

बसन्तपुरबाट धरानतर्फ जाँदै गरेको ट्रक र हिलेबाट जोरपाटी बजारतर्फ जाँदै गरेको २ ह ६६११ नम्बरको अटो जोरपाटी गाउँपालिका २ स्थित फलैचामा आइतबार दिउँसो १२ बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा धनकुटा २ का अटोचालक २४ वर्षीय दशरथ पाख्रिन र छथर जोरपाटी गाउँपालिका १ का ४० वर्षीय सांगे शेर्पा रहेका छन् । घाइतेको धनकुटा अस्पतालमा उपचार भइरहेको छ। अटो तीव्र गतिमा रहेका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ । ट्रक र ट्रकचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।