नेकपाको स्थायी कमिटीको बैठक सुरु

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक पार्टी कार्यालय धुम्बारीमा सुरु भएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको भने उपस्थिति रहेको छैन ।

आइतबार बिहान बसेको सचिवालय बैठकले स्थायी कमिटी बैठकका पाँच एजेण्डा तय गरेको थियो ।

सचिवालय बैठकले अध्यक्ष प्रचण्डले पेस गर्ने राजनीतिक प्रतिवेदन स्थायी कमिटीमा लैजाने, विधान संशोधन, अर्को केन्द्रीय कमिटी बैठक, नेपाल भारत सीमा समस्या र विविध विषयलाई स्थायी कमिटीको एजेण्डा तय गरेको छ ।

यीनै पाँच विषयमा छलफल हुँने गरी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बैठक सुरु भएको हो ।