हावाहुरीले छाना उडाउँदा पठनपाठनमा समस्या

0
Shares

विनोद सिंह विष्ट, बैतडी ।

हावाहुरी र बर्षाले छाना उडाउँदा पठनपाठनमा समस्या भएको छ । गएको शुक्रवार आएको हावाहुरीले बैतडीको पुर्चौडी नगरपालिका ६ मा रहेको महादेव मावि त्रिकालीको छाना उडाउँदा पठनपाठन कार्य प्रभावित भएको हो ।

विद्यालयको छाना उडाउँदा विद्याथीलाई बाहिर खुल्लाचौरमा राखेर पठनपाठन गराउनुपर्ने बाध्यता रहेको विद्यालयका प्रधानाध्यापक बलदेव साउँदले बताउनुभयो । हावाहुरी र बर्षाले २ तले ६ कोठे विद्यालयको टिनले छाएको छाना उडाएको विद्यालयले जनाएको छ ।

विद्यालयको छाना उडाउँदा भवनभित्र रहेको कम्प्युटरमा पनि क्षती पुगेको प्रधानाध्यापक साउँद बताउनुहुन्छ ।
विद्यालयसंग आर्थिक अभाव हुँदा छाना पुर्ननिर्माणको लागि पनि विद्यालयले अनुरोध गरेको छ ।