न्युज अफ नेपाल, सिन्धुपाल्चोक ।
दोलखाको कालीञ्चोक तीर्थयात्रा गएर फर्केको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ । कालिञ्चोकबाट दर्शन गरी फर्किदै गरेको बा२ख ४४६८ नंको बस दुर्घटनामा १३ जनाको घटनस्थलमै मृत्यु भएको थियो ।
एक जनाको उपचारका क्रममा सिन्धु सदाबहार अस्पताल खाडिचौरमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दोलखा भीमेश्वरी नगरपालिका–४ की ३६ वर्षीया जुना तामाङको सनाखत भएको छ ।
चालकको लापरबाहीले बस दुर्घटना भएको सिन्धुपाल्चोकका ट्राफिक प्रमुख राजेश दाहालले बताउनु भयो ।
यस्तै घाइते मध्ये ६ जनाको काठमाडौको ह्याम्स अस्पतालमा उपचार जारी छ











प्रतिक्रिया