मध्यपुर नगरपालिकाद्वारा मण्डेकाजीलाई नगद पुरस्कारसहित सम्मानपत्र प्रदान

0
Shares

न्युज अफ नेपाल, भक्तपुर ।

हालै सम्पन्न भएको १३ औं दक्षिण एसियाली साग खेलकुदमा कराँते तर्फ दोहोरो स्वर्ण जितेका मण्डेकाजी श्रेष्ठलाई मध्यपुर नगरपालिकाले नगद पुरस्कारसहित सम्मान गरेको छ ।

कराँतेको कातातर्फ एकल र सामुहिकतर्फ गरी दुई स्वर्ण पदक जित्न सफल भएका मण्डेकाजीलाई नगरपालिकाले पाँच लाख पचपन्न हजार पाँच सय पाँच रुपैयाँ नगदसहित सम्मानपत्र प्रदान गरेको छ ।

उनले खेलकुदबााट हाँसिल गरेका विभिन्न पदकहरु सुरक्षित राख्न नगरपालिकाले दराज समेत दिने घोषणा गरेको छ । नगरपालिकाले मन्डेकाजीका प्रशिक्षकद्वय गंगाराम महर्जन र सजन श्रेष्ठलाई समेत सम्मान गरेको थियो ।