जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

0
Shares

मकवानपुर । २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा थाहा नगरपालिका-७ वसेरी बस्ने काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१३ कौडोल घर भएका ४२ वर्षीय रवि खनाल रहेको प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ गरेको छ ।

महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले खनाललाई शुक्रबार दिउँसो पक्राउ गरेको हो ।

यस विषयमा आवश्यक अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।