खैरो हिरोईनसहित दुई पक्राउ

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

अवैध लागूऔषध खैरो हिरोईनसहित प्रहरीले दुई जनलाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्क मित्रनगर स्थित राप्ती छहरा गेष्ट हाउसबाट अवैध लागूऔषध खैरो हिरोईन ६ दशमलब २६ ग्रामसहित दाङ सिसहनिया-५ बस्ने २७ वर्षीय धमेन्द्र गुप्ता र कैलाली लम्की चुहा नगरपालिका-१ बस्ने २१ वर्षीय लोकराज जोशीलाइ शुक्रबार बेलुका प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको प्रहरीले उक्त गेष्ट हाउस चेक जाँच गर्ने क्रममा उनीहरुलाई लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस विषयमा आवश्यक अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।