सरकारी गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु

0
Shares

बुद्ध नेपाली, सिन्धुली ।

मध्य पहाडी लोक मार्ग अन्तर्गत सिन्धुलीको गोलन्जोर गाउपालीका ६ देउरालीटारमा सरकारी गाडीले ठक्कर दिँदा शुक्रबार राति एक जनाको मृत्युु भएको छ । अर्का एक जना घाइते भएका छन् । मृत्यु हुनेमा रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं. ७ सुकाजोरका वर्ष ५० का शिव वहादुर कार्की रहेका छन् । उनको उपचारको क्रममा गोलन्जोर गाउपालीका ७ खुर्कोटमा रहेको शुभजिवन अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सिन्धुलीले जनाएको छ ।

हलेसीबाट काठमाण्डौ तर्फ आउदै गरेको ना १ज ६९८५ नं.को सुमो अचानक सिलिप खाएको र सुमो रोकेर किन सिलिप खायो भनेर हेर्न जाने क्रममा सोही दिशाबाट आउदै गरेको पुर्वाधार विकास कार्यालय रामेछापको प्रदेश ३-०१-००२ झ ४६९९ नं. को गाडीले ठक्कर दिँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सिन्धुलीका प्रहरी उपरीक्षक चक्र बहादुर सिँहले जानकारी दिनुभयो ।

सुमोमा सवार सिन्धुपाल्चोक पाँचपोखरी गाउपालिका वडा नं. २ का कमल खड्का घाइते भएका छन् । उहाँको बाँया कम्मर र गालामा चोट अबस्था गम्भीर रहेको र अहिले नर्भिक अस्पताल काठमाणण्डौमा क्ष्ऋग् कक्षमा राखिरदउपचार भैरहेको उहाँले बताउनुभयो । मृतक कार्की सुमो चालक हुन ।