ट्यांकरको ढुवानी भाडादर वृद्धि गर्न व्यवसायीको माग

0
Shares

यमलाल भुसाल, बुटवल ।

पेटोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरको ढुवानी भाडादर बृद्धि गर्न व्यवसायीहरुले माग गरेका छन् । पश्चिमान्चल टैंकर व्यवसायी संघ रुपन्देहीको १४औं वार्षिक साधारण सभामा शुक्रवार बोल्ने टैंकर व्यवसायीहरुले भाडादर बृद्धिका लागि नेपाल आयल निगम ५ नम्वर प्रादेशिक कार्यालयमा प्रतिवेदन पेश भैसकेकाले कार्यान्वयन गर्न माग गरेका छन ।

साधारण सभामा बोल्दै संघका अध्यक्ष राकेश कुमार कसौधनले नेपाल आयल निगमले दिँदै आएको भाडादर कम भएकोले दुरी अनुसार भाडादर बृद्धि गर्न माग गर्नु भयो । अध्यक्ष कसौधनले ढुवानी र सवारी साधनहरु दुर्घटनाको वस्तुगत अध्ययन र अनुसन्धान गरी दोषीलाई कारवाही र निर्दोषले उन्मुक्ति पाउने कानुनी व्यवस्था गर्न माग गर्नु भयो ।

पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलले पेटेलियम व्यवसायीहरुलाई गुणस्तरमा शुद्धता र पुरा परिणाममा आपुर्ति गर्न सुझाव दिनु भयो । पश्चिमान्चल पेटेलियम डिलर्स एशोसिएसनका वरिष्ठ उपाध्यक्ष हिमाल गैरेले प्रदेश ५ का ट्यांकरहरुले भारतबाट तेल आयात गरी भलबारीसम्म मात्र संचालन हुने व्यवस्थालाई परिमार्जन गरी नेपालभर ढुवानी गर्न पाउने व्यवस्थागर्न माग गर्नु भयोे । संघका प्रमुख संरक्षक चोपनारायण श्रेष्ठले व्यवस्था परिवर्तन भएपनि यातायात र ढुवानी व्यवसायीलाई परिवर्तन र राहतको अनुभुति हुन नसकेको बरु संकटमा परेको गुनासो गर्नु भयोे ।

नेपाल आयल निगम भलबारी डिपोका लेखा प्रमुख रमेश ज्ञवालीले ढुवानी भाडा बृद्धिका लागि पहल भइरहेको बताउनु भयो । उहाँले ढुवानी हुने दुरीका विषयमा स्थलगत अध्ययन गरी प्रतिवेदन केन्द्रमा पठाइएकाले छिटै व्यवसायीका माग सम्बोधन हुने बताउनु भयो । ज्ञवालीले ट्यांकरहरु पार्किंगका लागि पनि जग्गा व्यवस्थान भइरहेको बताउनु भयो । पुस मसान्तपछि ढुवानी भाडा भुक्तानी दिँदा व्यवसायीको भ्याट बिल अनिवार्य हुने व्यवस्थामा व्यवसायीका गुनासाबारे पनि छलफल गरेर टुंगोमा पुगिन बताउनु भयो ।

संघका निवर्तमान अध्यक्ष हरिबहादुर कुंवर,महासचिव भुपराज अर्याल र लुम्बिनी ट्क व्यवसायी संघका महासचिव रुमाखर गौतमले राज्यले व्यवसायीबाट कर मात्र असुल्ने र दुख दिने काम मात्रै गरेको गुनासो गर्नु भयोे । यस अघि संघको वन्दसत्रले कोषाध्यक्ष धनेन्द्र पौडेलको आर्थिक प्रतिवेदन पारित गरेको संघका उपमहासचिव प्रेम घर्तीमगरले बताउनु भयो ।