विमल विष्ट, डोटी ।
दुई दिनदेखी लगातारको वर्षा सँगैै परेको हिमपातका कारण सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला जोड्ने एकमात्र पहाडी जिल्ला जोड्ने भिमदत्तराजमार्ग अबरुद्ध भएको छ ।
हिमपातका कारण भिमदत्त राजमार्गको शाहुखर्क सडक खण्ड पूर्ण रुपमा अबरुद्द भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा एसपी दिलिपसिंह देउवाले बताउनुभयो ।
उहाँले भन्नुभयो, “बाक्लो हिमपातका कारण राजमार्ग अवरुद्ध भएको छ,अवरुद्ध राजमार्ग खोल्नकालागि दिपायलबाट डोजर पठाएकाछौँ,अलि हिमपात पर्न रोकिए खुल्न सक्छ होला ।”
हिमपातले राजमार्ग अबरुद्द हुँदा पहाड देखी तराई जाने तथा तराइबाट पहाडकालागि आउदै गरेका सयौ यातायातका साधन तथा यात्रुहरु अल्पत्रमा परेका छन् । अहिले उक्त राजमार्गमा कम्तिमापनि २ फिट जति हिउँ परेको प्रहरीले जनाएको छ । हिमपातका कारण त्यहाँको जनजीवन समेत प्रभावित बनेको छ ।












प्रतिक्रिया