भालुको आक्रमणबाट एक वृद्ध घाइते

0
Shares

सरस्वती न्यौपाने, रसुवा ।

गोसाईकुन्ड गाउँपालिका २ टिमुरेका ७० बर्षिय दुव्ले तामाङ बिहिवार भालुको आक्रमणबाछ घाइते भएका छन ।

सहायक प्रमुख जिल्ला अधिकारी सपना कुमारि भट्टराईका अनुसार दुव्ले तामाङ गोठमा एक्लै बसिरहेको बेलामा उनलाई भालुले आक्रमण गरेको हाय । आक्रमणमा परी तामाङको अनुहार, नाक, हात र टाउकोमा चोट लागेको छ ।

उनलाई उपचारका लागि टिमुरे स्वास्थ्य चौकि लगिएको थियो । टिमुरेमा उपचार सम्भव नभएपछि थप उपचारका लागि तामाङलाई हेलिकप्टरबाट काठमाडौं लगिएको प्रहरीले जनाएको छ ।

पछिल्लो समय रसुवाको उतरि क्षेत्रमा अत्यधिक भालुको विगविगि बढेको छ।