छातिमा टुडिखेल बेच्छु र किन्छु भनेर राजनीति गर्न मिल्दैनः मेयर शाक्य


न्युज अफ नेपाल, काठमाडौं ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले छातिमा टुडिखेल बेच्छु र किन्छु भनेर राजनीति गर्न नमिल्ने बताउनुभएको छ ।

पछिल्लो समय अकुपाई टुडिखेलको नाममा अभियन्ताहरुले कामपाका मेयर शाक्य र उपमेयर हरीप्रभा खड्गी श्रेष्ठ बिच सम्बन्ध बिगारेर झगडा गराउन खोजेको आरोप लगाउदै मेयर शाक्यले भन्नुभयो–झगडा गर्न खोजेर कसैलाई फाइदा हुदैन । सरकारी जग्गा टुडिखेललाई कसैले किन्न र बेच्न नसक्ने स्पष्ट पार्दै उहाले भन्नुभयो–कसैले छातिमा टुडिखेल किन्छु र बेच्छु भन्नु मुर्खता हो ।

अकुपाई टुडिखेलमा पहिलो दिन दुई अध्यक्ष र उपमेयर सहभागि भएर महानगरको नियम मिचेको आरोप लगाउदै मेयर शाक्यले भन्नुभयो–महानगर एउटा बोर्ड हो बोर्डले गरेको निर्णय सबैले पालना गर्नुपछ्र्र । उहाले अकुपाई टुडिखेलको नाममा अघिल्ला रक्षा मन्त्री एवं सांसद भीमसेनदास प्रधानले राजनीति गर्न खोजेको आरोप लगाउनुभयो , अभियन्ताले रानी पोखरीदेखि दशरथ रंगशालासम्मको भागलाई खुला क्षेत्र बनाउनुपर्ने माग गर्र्दै उकुपाई टुडिखेल अभियान संचालन गरिरहेका छन् ।

‘अभियन्ताले उपमेयर, खड्गी र पुर्वमन्त्री प्रधानलाई अघि बढाएर आन्दोलन गरिरहेका छन् । सैनिक मुख्यालय हटाउने वा नहटाउने भन्ने विषयमा निर्णय गर्ने अधिकार सरकारलाई मात्र भएकोले त्यसको जिम्मा महानगरपालिकाले लिन नसक्ने उहाको छ । उहाले खुला मञ्च सवारीसधान संचालनको लागि मात्रै प्रयोग भैरहेको । टुडिखेलमा वीर अस्पताल र धरहराले केही समयको लागि समाग्री राख्न अनुरोध गरेपछि सरकारकै अनुरोधमा उलपब्ध गराएको उहाको भनाई छ । अब सबै स्थान तत्काल खाली गर्ने विषयमा छलफल भैरहेको मेयर शाक्यको भनाई छ ।

अकुपाई टुडिखेलको अभियान चलाउने अभियन्ताले बसन्तपुरमा पर्यटक समेत हिड्नै नसक्ने गरी राखिएको समाग्री हटाउने विषयमा पहल गर्न नसक्नु गलत भएको टिप्पणी गर्दै मेयर शाक्यले भन्नुभयो, ‘सम्भावननै नभएको स्थान खाली गराउन हिड्ने अनि पुर्वमन्त्री र उपमेयरलेनै सहयोग गर्ने । ‘

आफुले पुर्वमन्त्री एवं अभियन्तालाई सहयोग गर्दै हिड्ने सांसद प्रधानसंग भएको भेटको क्रममा उहाले नेपाली सेनाको मुख्यालय हटाउने विषयमा आफुमन्त्री हुदा पहल गरेको बताउदै आउनुभएको थियो । त्यसबेला कुनैपनि कदम चाल्न नसक्नुभएका प्रधानले आफ्नो पक्षमा जनमत बटुल्न सक्ने आसमा अभियान संचालन गर्दै हिडेको मेयर शाक्यको आरोप छ ।

प्रधानकै पालामा नेपाली सेनाले कामपाको मुख्यालय अगाडी नक्सा पास नै नगरी सैनिक पुस्तकालय बनाएको पछिल्लो समय मेयर र उपमेयर बीच बोल चालनै नभएको लगायतका विषयमा संचार माध्यममा आएको समाचारको खण्डन गर्दै उहाले भन्नुभयो, ‘हामीबिच कुनैपनि सम्बन्ध बिग्रिएको छैन , तपाईहरुले हामी दुई जनालाई मिलाउन सहयोग गर्नुस जुधाउन होइन ।’