सिसैयाको नहरमा २१ वर्षीय युवकको शव फेला


न्युज अफ नेपाल, महेन्द्रनगर ।

कञ्चनपुरको बेदकोट नगरपालिका १० सिसैयाको नहरमा एक जना युवा मृत फेला परेका छन् ।

कृष्णपुर घर भई हाल पढाईको शिलशिलामा महेन्द्रनगर बस्दै आएको २१ वर्षीय सन्तोष पन्त नहरमा तैरिहेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी दिनेश आचार्यले निगरानी खबरलाई बताए ।

मृतक पन्तको शव फेला परेको स्थान नजिकै मोटरसाइकल पनि फेला परेको एसपी आचार्यले जनाए ।

घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।