न्युज अफ नेपाल, धादिङ ।
सरकारी छाप किर्ते मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेत्रावती डबजोङ गाउँपालिका-२ बस्ने २२ वर्षीया प्रेम माया तामाङ रहेको प्रहरीले जनाएको छ ।
तामाङविरुद्ध जिल्ला अदालत धादिङको २०७३ पुस २३ गतेको फैसलाले सरकारी छाप दस्तखत किर्ते मुद्दामा ७५ हजार रुपैयाँ जरिवाना सुनाएको थियो । जिल्ला प्रहरी कार्यालय धादिङबाट फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
तामाङलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत धादिङमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।











प्रतिक्रिया