प्रदेश नम्बर ३ का सभामुख र सांसद बीच घोचपेच


मोतीराम तिमल्सिना, काभ्रे ।

प्रदेश सभा बैठक अनिश्चितकालसम्म बस्न नसक्दा प्रदेश नम्बर ३ का सदस्यहरुले अन्र्तक्रिया बैठकमै धक फुकाएर संसदमा उठाउने विषय सभामुख सानुकुमार श्रेष्ठ समक्ष राखेका छन् ।

सभाभुख श्रेष्ठले समेत धुलिखेल प्रदेश नम्बर ३ को उपयुक्त र आर्कषक स्थान भएको भन्दै बैठकमा बोल्न नसकिएका विषयहरु प्रस्तुत गरेको बताउनु भयो ।

प्रदेश नम्बर ३ को राजधानी काभ्रेको धुलिखेललाई प्रस्ताव गर्दै काभ्रेबाट निर्वाचित प्रदेश सभा सदस्यहरु चन्द्र लामा, रत्न ढकाल, बसुन्धरा हुमागाई, लक्ष्मण लम्साल, गोमा भुर्तेल लगायतले प्रस्ताव दर्ता गराउनु भएको थियो ।

सोहि प्रस्तावका आधारमा गठन भएको कार्यदलको सुझावमा पनि काभ्रेको धुलिखेल राजधानीका लागि उपयुक्त जिल्ला भएको प्रतिवेदन बुझाएको छ । मुख्य मन्त्री डोरमणी पौड्यालको दबाबका कारण रोकिएको राजधानी तोक्ने प्रस्ताव संसदमा सभामुखले प्रस्तुत गर्न सकिरहनु भएको छैन ।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको समापनका क्रममा सामाजिक विकास मन्त्रालयले धुलिखेलमा आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा बोल्दै सभामुख सानुकुमार श्रेष्ठले भावनात्मक र ब्यवहारिक कठिनाईका बारेमा धित मर्ने गरी मन्तब्य राख्नु भयो ।

‘यति सुन्दर र रमणीय स्थान रहेछ धुलिखेल, अझ यो सुन्दर हल र यहाँको वातावरण’–सभामुख श्रेष्ठले भन्नु भयो–‘सभामुख भएकाले त्यसै हल हेर्न मात्रै आउन पनि नमिल्ने आज यो अवसर जुराई दिनु भएकोमा सामाजिक विकास मन्त्रालयलाई धन्यवाद ।’ सांसदहरुले तत्कालै सभामुख श्रेष्ठलाई जवाफ दिनु भयो अब बोलाउने बैठकमा राजधानी धुलिखेल राख्ने विषय टुङ्गिन्छ त ?

ललितपुरबाट निर्वाचित सांसद राजकाजी मर्हजनले हेटौडामा संसद चल्दा समेत संसदमा टेबुल ठोक्न नपाएको भन्दै धुलिखेलमा त्यो अवसरमा पाएकोमा धन्यवाद ब्यक्त गर्नु भयो । ‘कम्तिमा टेबुल त ठोक्न पायौं, उता त टेबुल पनि छैन’–सांसद राजकाजी महर्जनले बताउनु भयो ।

सभामुख श्रेष्ठले कार्यपालिकाको काम ब्यवस्थापिकाले गर्न मिल्दैन भनेर सासंदहरुले मन्त्री एक्लैले पैसा बाँडेको भन्दै ३-३ करोड रकम मागेको बताउनु भयो । तर समानुपातिक सांसदहरुले उत्त रकम वितरण गर्दा आफ्नो भूमिका नभएकोमा दुखेसो ब्यक्त गरे ।

उक्त रकम पुर्वाधार बाहेक अन्यत्र खर्च गर्न नपाएकोमा महिला सांसदहरुले हिंसा भएको गुनासो राखे । सभामुख श्रेष्ठले सांसदले गुनासो गर्ने नभई कानून बनाएर कार्यान्वयन गर्ने बताउनु भयो ।

सांसदहरुले संसद बैठक अनिश्चित भएकाले बैठकमा उठाउनु पर्ने विषय सभामुख र मन्त्रीकै सामुन्ने उठाएको बताउनु भयो । मन्त्री युवराज दुलालले संसदले नै पूर्वाधार निर्माणका लागि पास गरेको बजेट अन्यत्र खर्च गर्न नसकिने बताउनु भयो ।
‘हामी हिसामा पर्यौ’–महिला सासंद

महिला सांसदहरु सरस्ती वाटी, रमा आले, विजया केसी, मिना ज्ञवाली, शान्ति थिङ्ग, आशामाया तामाङ, इन्द्रमाया गुरुङ्ग लगायतले पुर्वाधार विकास कार्यक्रम लगायतका सरकारका निर्णय र सकारमा महिला मन्त्री समेत नभएका कारण हिंसा गरेको बताउनु भयो ।

महिला आयोग गठन नहुनु, महिलासँग सम्वन्धीत कार्यक्रमहरु प्रभावकारी नहुनु, कानुन निर्माण गरेर पनि कार्यान्वयन हुन नसक्नु जस्ता थुप्रै कारण महिला सासंदहरु आफै सरकारबाट हिंसामा परेको बताउनु भयो ।

पुरुष सांसदहरु नरोत्तम बैद्यले पूर्वाधार विकासको रकम बाँडफाँडका बारेमा सभामुख र मन्त्रीलाई जानकारी गराउनु भएको थियो । संसदमा उठाउनु पर्ने अधिकांश विषयम लैङ्गिक हिसा विरुद्धको १६ दिने अभियानमा आयोजित कार्यक्रममा सांसदहरुले उठाए पछि सभामुख सानुकुमार श्रेष्ठले पनि आफु पनि संसद नबोलाईएकाले यतै मन खोलेर बोल्नु परेको बताउनु भयो । कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव गोकर्णमणी दुवाडीले मन्त्रालयका कार्यक्रम र बजेटका बारेमा जानकारी गराउनु भएको थियो ।