भुटानविरुद्ध खेल्ने नेपालको प्लेईङ सेट सार्वजनिक


न्युज अफ नेपाल, काठमाडौं।

१३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलको फाइनलमा नेपालले आज भुटानसँग खेल्दैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र भुटानबीचको खेल ३ बजे सुरु हुनेछ । भुटानविरुद्ध खेलका लागि नेपालको प्लेईङ सेट सार्वजनिक भएको छ ।

मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले दुई खेलाडी परिवर्तन गर्दै भुटानसँग खेल्ने टिमको घोषणा गरेका छन् ।

रेजिन सुब्बाको स्थानमा नितिन थापाले टिममा स्थान बनाएका छन् । यस्तै छिरिङ गुरुङ टिम बाहिर रहदा विकास खवासले टिममा स्थान बनाएका छन् ।

नेपाली टिम 

विकेश कुथु,अनन्त तामाङ, विकास खवास, सुमन अर्याल, बिक्रम लामा, मिक्चेन तामाङ, अविशेक रिजाल, सुनिल बल, तेज तामाङ, नितिन थापा, सुजल श्रेष्ठ