बिहीवारदेखि देशभर अत्याधिक चिसो बढ्ने, वर्षासँगै हिमपातको सम्भावना


न्युज अफ नेपाल, काठमाडौं ।

आउँदो बिहीवारदेखि देशभरि चिसो झनै बढ्ने भएको छ। पूर्वी इरान र अफगानिस्तानमाथि रहेको पश्चिमी वायु बुधबार साँझ नेपाल प्रवेश गरेसँगै तापक्रम घट्दै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मंगलबार बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस छ भने जुम्लामा माइनस ३।३ डिग्री सेल्सियसमा पुगेको छ।

महाशाखाका अनुसार यस प्रणालीका कारण नेपालका पश्चिमी उच्च पहाडी र हिमाली भू–भागमा भारी हिमपात हुने सम्भावना छ। यो प्रणाली बिहीबार अझै सशक्त हुनेछ। त्यसले देशका मध्य र पूर्वका उच्च पहाडी र हिमाली भू–भागमा समेत हिमपातको सम्भावना छ । बिहीबारदेखि काठमाडौं उपत्यकामा पनि घाम फाटफुटमात्र लाग्नेछ ।

उक्त प्रणालीका कारण देशैभरी बदली भई अधिकतम र न्युनतम तापक्रममा गिरावट आई देशैभरी चिसो बढ्ने महाशाखाले जनाएको छ ।
देशका पश्चिमी भू–भागका धेरै स्थानहरूमा र मध्य र पूर्वी भू–भागका केही स्थानहरूमा हल्का वर्षाको सम्भावना छ ।

यो मौसमी प्रणाली शनिबारसम्ममा अन्त्य हुने महाशाखाले जनाएको छ।