अमृत अर्याल, स्याङजा ।
वालिङमा गर्भपतन सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न भएको छ । आईपास नेपालको आयोजना र वालिङ नगरपालिकाको समन्वयमा महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई पुनर्ताजगी तालिम दिईएको हो ।
तालिममा यहाँका ४० जना स्वयंसेविकाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा उपप्रमुख कल्पना तिवारीले आफ्नो स्वास्थ्यमा पुर्ण ध्यान दिनुपर्ने भन्दै सुरक्षित गर्भपतनको बारेमा सबै महिलाहरु जानकार हुुनुपर्ने बताउनुभयो ।
तालिममा सहभागि स्वयंसेविकाहरुले विभिन्न ग्रामिण भेगमा रहनुभएका महिला दिदीबहिनीहरुलाई सुरक्षित गर्भपतन कहां र कसरी गर्न सकिन्छ भन्ने विषयमा सहजीकरण गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा आईपासका गण्डकी प्रदेश संयोजक थमकुमारी कुँवर र स्वास्थ्य शाखा प्रमुख कमल पाण्डेले सहजीकरण गर्नुभएको थियो ।
नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत बाबुाराम सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वगत सामाजिक विकास समिति संयोजक यगमाया पंगेनीले गर्नुभएको थियो ।











प्रतिक्रिया