न्युज अफ नेपाल, काठमाडौँ ।
स्कुले बालिकालाई ट्रकले ठक्कर दिएपछि बाँकेको कोहलपुर तनावग्रस्त बनेको छ । मृत्यु हुनेमा त्रिभुवन उच्च मावि कक्षा ७ मा अध्ययनरत १२ वर्षीया प्रकृति चन्द रहेको प्रहरीले जनाएको छ ।
स्कुटरको पछाडि बसेकी बालिकालाई ट्रकले ठक्कर दिएको हो । घाइते बालिकाको अहिले कोहलपुर शिक्षण अस्पतालमा उपचार भइरहेको र थप उपचारका लागि अन्यत्र लैजाने तयारी भइरहेको प्रहरुीले बतायो ।
ना२ख ९४५९ नम्बरको ट्रकले भे ६प २७४० नम्बरको स्कुटरलाई ठक्कर दिँदा कोहलपुरवासी र आक्रोसित विद्यार्थीको समूहले उक्त ट्रकमा आगजनी गरेको छ । आक्रोसित समूहले सडकमा रोकि राखेका आधा दर्जन बढी गाडीको सिसा फुटाउनुका साथै चोकमा टायर बालेर यातायात आवागमन अवरुद्ध पारेको छ ।
भिडलाई नियन्त्रणमा लिन प्रहरीले १५ राउण्ड हवाइ फायर र दर्जनौं राउन्ड अश्रुग्यास प्रहार गरेको छ ।











प्रतिक्रिया