युरोपामा पानीको बाफ

0
Shares

वासिङ्टन, (एजेन्सी)।

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका वैज्ञानिकले पहिलो पटक युरोपाको सतहमा पानीको बाफ पत्ता लगाएका छन्। यस खोजले वृहस्पतिको चन्द्रमामा कयौं माइल बाक्लो हिम सतहको तल पानीको महासागर बगिरहेको धारणलाई बल मिलेको छ।

यो खोज नेचर एस्ट्रोनोमी पत्रिकामा प्रकाशित भएको हो। अमेरिकाको हवाईस्थित डब्ल्यूएम केक बेधशालाका माध्यमबाट युरोपाको जल बाफ पत्ता लागेको हो। नासाको गोड्डार्ड स्पेस फ्लाइट सेन्टरको अनुसन्धानकर्ताहरुले उक्त चन्द्रमामा जीवनका लागि आवश्यक सबै तत्व रहेको सम्भावना व्यक्त गर्दै युरोपालाई आकर्षणको केन्द्र बनाइरहेका छन्।

जीवनका लागि आवश्यक तत्व पानी हिम सतहको तल रहेको र यो कयौं पटक आकासमा व्यापक तातो बाफका रूपमा निस्कने गरेको वैज्ञानिकले प्रमाण फेला पारेका छन्। युरोपामाथि जल बाफ उत्सर्जन भइरहेको पुष्टि हुनुले चन्द्रमाको आन्तरिक कार्यप्रणालीलाई अझ विस्तृतरूपमा बुझ्न मद्दत मिल्ने नासाले जनाएको छ।्