बेलायतमा नेटोको बैठक


लन्डन, (एजेन्सी)।

उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)का सदस्य राष्ट्रबीच यस गठबन्धनको सत्तरीयौं सैनिक दिवसलाई ओझेल पार्ने विषयमा आपसी चेतावनीको तनाव बढिरहेकाबेला बेलायतको राजधानी लन्डन नजिक नेटोका नेताहरबीच महत्वपूर्ण बैठक शुरू भएको छ।

तीन घन्टालामो सो बैठकको छलफल साइबर आक्रमणलगायत चीनबाट बढिरहेको सामरिक चुनौतीमाथि केन्द्रित हुनसक्ने अनुमान गरिएको छ। बैठकको उद्घाटनको क्रममा बेलायतका प्रधानमन्त्री बोरिस जोहन्सनले नेटोका सदस्यलाई गठबन्धनको ‘एकका लागि सबै र सबैका लागि एक’ भन्ने सिद्धान्तको स्मरण गराएका छन्।