भालुको आक्रमणबाट युवक घाइते

0
Shares

नेपाल समाचारपत्र, देलखा।

दोलखाको विगु गाउँपालिका–४ चित्रेका टुल्के तामाङलाई मंगलवार जंगली भालुले आक्रमण गरेर घाईते बनाएको प्रहरीले जनाएको छ।

चित्रेका काले तामाङको २४ वर्षीय छोरा टुल्केलाई घर नजिकैको गोठमा बाख्रालाई घास हाल्नजाने क्रममा जंगली भालुले आक्रमण गर्दा टाउको, अनुहारलगायत शरिरको विभिन्न भागमा आक्रमण गरी गम्भीर घाईते बनाएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक रेशम बोहराले बताउनु भयो।

घाइते तामाङलाई सिंगटी बजारमा प्राथामिक उपचार पछि थप उपचारको लागि काठमाडौं लगिएको प्रहरीले जनाएको छ।