उच्च सुरक्षाका बाबजुद पोखराका तीन मतदान केन्द्रमा बम बिस्फोट

0
Shares

 न्युज अफ नेपाल, कास्की ।

उच्च सुरक्षाका बाबजुद पोखराका तीन मतदान केन्द्रमा बम बिस्फोट भएको छ । पोखरा महानगरपालिकाको वडा नम्बर १६ स्थित रहेको शान्ती माबी मतदान केन्द्रमा बम बिस्फोट भएको छ । विष्फोटमा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

यस्तै पोखराकै वडा नं ९ को नवप्रभात मावी र वडा नं ३३ चिरगादी स्थित सरस्वती टीका मावी मा पनि बम बिस्फोट भएको छ । उक्त विष्फोटमा पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

विष्फोटपछि केही समय रोकिएको मतदान पुनः सुरु भएको छ ।