सिद्धबाबालाई महिलाको म्यासेज : ‘एकचोटि भेट्न पाए नि हुन्थ्यो, कति चुम्न मन छ’

14
Shares

न्युज अफ नेपाल, विराटनगर ।

सिद्धबाबाका नामले परिचित धर्मगुरु कृष्णदास गिरीलाई बलात्कारको आरोप लगाउने महिलाले सामाजिक सञ्जाल फेसबुक मार्फत एकोहोरो विभिन्न म्यासेजहरु पठाउँदै आएको खुलेको छ । धर्मगुरु कृष्णदासले आफूलाई ४ कात्तिकमा बलात्कार गरेको महिलाले आरोप लगाएकी छन् ।

बलात्कारको आरोप लागेपछि कृष्णदासका अनुवाईहरुले सलिना रामदासी नाग गरेकी उक्त महिलाले फेसबुकमा पठाएको म्यासेजहरु सार्वजनिक गरेका छन् । ती महिलाल विगत ६ महिनादेखि सिद्धबाबालाई एकोहोरो म्यासेज गरेकि थिइन् । उक्त म्यासेजको प्रिनट निकाल्दा ५२ पेज पुगेको प्रहरीले जनाएको छ।

म्यासेजहरुमा महिलाले कृष्णदासलाई एकान्तमा भेटेर चुम्बन र अंकमाल गर्ने इच्छा भएको बताएकी छन् । म्यासेजमा महिलाले अरुलाई बोलाएर भेट्ने तर आफूलाई भने वेवास्ता गरेको बताएकी छन् ।

ती महिलाले ४ अक्टोबर २०१९ मा पठाएको म्यासेजमा ४४ दिनभित्र भक्त र भगवानबीच वारपार हुने चेतावनी दिएकी छन् । उनले लेखेकि छन् , ‘अरुसँग बोलाएरै भेटिन्छ, मैले यती बिन्ती गर्दा नि यति वेवास्ता , अब समय सकियो जम्मा ४४ दिन छ कसरी पुर्ण बनाउने हो हजुरको हातमा छ’ ।

‘एकचोटि भेट्न पाए नि हुन्थ्यो, कति चुम्न मन छ। के यो झुटो होर ? हजुरको मनमा टोलाउँदा आफैं मुस्कुराउँछन् यी ओठ, के यो नाटक हो ?’ उनले लेखेकी छन् ।

‘बुढाले छुँदा पीडा हुन्छ, उहाँ (श्रीमान) पनि पराई भैसक्नुभो । म जती पराई कोही छैन  म घृणाको लायक छु, अझै घृणा गरिस्यो, यति घृणा गर्नुहोस् की मेरो छाती छियाछिया होस् ’ उनल लेखेकी छन् ।

कृष्णदासको तर्फबाट भने अधिकांश म्यासेजहरुको जवाफ दिइएको छैन । तर एकाध पटक कृष्णदासले ‘हलो’ इमोजीहरु रियाक्ट गर्ने गरेको पाइएको छ ।