जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

0
Shares

कञ्चनपुर । चौध वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नमा बेलौरी नगरपालिका ८ कानपुर बस्ने २९ वर्षीय धनीराम चौधरी रहेको प्रहरीले जनाएको छ ।

चौधरीले ती बालिकालाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी पचुईबाट खटिएको प्रहरीले मंगलबार राति नै उनलाई पक्राउ गरेको हो ।

यस विषयमा आवश्यक अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।