प्रहरी निरीक्षक हुँ भन्दै पैसा असुली गर्ने एक पक्राउ

0
Shares

पर्सा । जिल्ला प्रहरी कार्यालय पर्साको क्राइम ब्रान्चको प्रहरी निरीक्षक हुँ भन्दै पैसा असुली गर्न खोजेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगंज महानगरपालिका. ५ बस्ने २७ वर्षीय दिब्यप्रकाश चतुर्वेदी रहेको प्रहरीले जनाएको छ । लाई प्रहरीले पक्राउ गरेको छ ।

चतुर्वेदीले मकवानपुर हेटौंडा उपमहानगरपालिका. ९ बस्ने एक व्यक्तिलाई प्रहरी हुँ भन्दै हप्काई पैसा मागेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई बुधबार बिहान पक्राउ गरेको हो । साथै चतुर्वेदी हातहतियार खरखजना कसुरमा २०७५ चैत ३० गते जिल्ला अदालत पर्साको आदेशले १ लाख रुपैयाँ धरौटीमा छुटेको व्यक्ति समेत भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

पक्राउ परेका चतुर्वेदीमाथि थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।