कटुवा पेस्तोलसहित १९ वर्षीय युवक पक्राउ

0
Shares

उदयपुर । बेलका नगरपालिका. ३ सातपत्रेबाट कटुवा पेस्तोलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही नगरपालिका बस्ने १९ वर्षीय मनोज खत्री रहेको प्रहरीले जनाएको छ । खत्रीलाई १ थान पेस्तोल र सोको गोली १ राउण्डसहित बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।

खत्री र सोही नगरपालिका बस्ने २६ वर्षीय बिशाल लिम्बुले स १ त ७४४० नम्बरको ट्याक्टर रोकी ट्याक्टरमा काम गर्ने एक व्यक्तिलाई हातपात गर्दै कटुवा पेस्तोल समेत देखाई अपहरण शैलीमा एकान्त स्थानतर्फ लैजाँदै गरेको भन्न खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरीले खत्रीलाई उक्त हतियारसहित पक्राउ गरेको हो ।

घटनामा संलग्न फरार रहेका लिम्बुको खोजी गर्नुका साथै यस विषयमा आवश्यक अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।