कृषिमा आधुनिकरण बढ्दै, गोरु बिस्थापितः पावर टेलर किन्दै किसान


दुर्गाप्रसाद शर्मा, पर्वत ।

ग्रामिण क्षेत्रमा खेतीपाती लगाउनका लागि एक दशक अघिसम्म गोरु पाल्नु पर्ने अनिवार्य जस्तै थियो । एक हल गोरु पालेर खेतीकिसानी नगर्ने घर परिवार बिरलै भेटिन्थे । तर अहिले मानिन्थ्यो ।

आजकल गाउँमा पनि गोरु पाल्न छाडेर कृषकहरुले पनि पावरटेलर प्रयोग गर्न थालेका छन । परम्परागत कृषि प्रणालीलाई विस्थापन गर्दै गाउँगाउँमा आधुनिक कृषि उपकरणको प्रयोग बढ्न थालेको हो ।

हलो जोत्ने, कोदालोले खन्ने किसान अहिले आधुनिक उपकरण प्रयोगमा अभ्यस्त हुन थालेका छन्। गाउँमा युबा बिदेशमा जाने र गोरु पाल्न कठिन भएका कारण पनि कृषिमा आधुनिकीकरण बढी रहेको छ ।

फलेवास नगरपालिका–२ शंकरपोखरीका ज्ञानप्रसाद रेग्मी बिहान सबेरैदेखि आलु लगाउने ठाउँ तयार गर्न मिनी ट्रेलर चलाउनु हुन्छ । गोरुले जोतेर आलु लगाउने ठाउँ तयार पर्दा ३-४ दिन लाग्ने गरेकोमा ट्रेलरले एकै बिहानमा काम सकिने अनुभव उहाँको छ ।

‘युवाहरु जागिर खान विदेशमा छन्। गाउँमा महिलाहरु मात्र छन्।’ उहाँले भन्नुभयो ‘ यो बेलामा मिनी ट्रेलरले काम गर्न सजिलो भएको छ,’ गाउँका आधा मान्छेको जग्गा एउटै पावर ट्रेलरले काम सक्न थालेको छ ।

कृषकहरुलाई व्यावसायिक बनाउन संघ र प्रदेश सरकारका कृषिसम्बन्धी सरोकार राख्ने निकाय र स्थानीय सरकारले पनि आधुनिकतामा जोड दिएका छन्।

कुस्मा नगरपालिकाले चालु आर्थिक वर्षमा मिनी ट्रेलर खरिदका लागि रुपैयाँ बजेट विनियोजन गरेको छ भने आधुनिक कृषि प्रणालीलाई टेवा पुग्ने गरी ६३ लाख रुपैयाँ बजेट छुट्टयाएको छ।

कुस्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि पङ्गेनीले नगरपालिकाले कृषिका लागि तयार पारेको योजनामा आधुनिकीकरणमा बढी जोड दिएको बतानुभयो । ‘हामीले आधुनिक मेसिनको प्रयोगमा बढी जोड दिएका छौँ। कृषकहरुको माग पनि त्यस्तै रहेको छ,’ उहाँले भन्नुभयो, ‘नगरपालिकाले तयार पारेको बजेटबाट ६३ लाख छुट्ट्याएका छौँ।’

पर्वतमा कृषि ज्ञान केन्द्र र स्थानीय तहहरुले एक हजार वटाभन्दा बढी मिनी ट्रेलर बाँडेका छन्। ज्ञान केन्द्र कार्यालय पर्वतका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले पनि कार्यालयमा आउने कृषकहरुले आधुनिक उपकरणहरुको माग धेरै गर्ने गरेको बताउनुभयो।

‘पर्वत जिल्लामा पनि अरु जिल्लामा जस्तै उपकरण माग्ने कृषकहरु धेरै हुनुहुन्छ, हामीले उहाँहरुको माग सुन्ने प्रयास गरिरहेका छौँ,’ उहाँले भन्नुभयो, ‘सबैभन्दा बढी मिनी टिलरको माग र दोस्रोमा कुटनी पिसनी गर्ने सानो मिल खोज्ने धेरै हुनुहुन्छ’

यस्तै, थ्रेसर, मिनी टिलरको असारे फाली, खाडल खन्ने मसिन, स्प्रे, चेन स लगायतको माग पनि परम्परागत शैली हराउँदा पनि समस्या थोरै समयमा धेरै काम गर्न सकिने गरी कृषिमा आधुनिक उपकरणको प्रयोग भइरहँदा केही अप्ठ्यारा पनि देखिएका छन्। धान रोप्नका लागि मिनी टिलर प्रयोग गर्दा गाउँ गाउँबाट गोरु विस्थापित भएका छन्।