खेतबारीमा भोट माग्दै उम्मेदवार

0
Shares

नेपाल समाचारपत्र, संखुवासभा।

आगामी मंसिर १४ गते हुन लागेको उपनिर्वाचनमा राजनैतिक दलले चुनावी प्रचारप्रसार तीव्र बनाएका छन्। निर्वाचनको शून्य समय नजिकिएसँगै दलका उमेदवार र नेता कार्यकर्ताले घर दैलो र कोणसभालाई तीव्र बनाएका हुन।

संखुवासभा जिल्लामा मकालु गाउँपालिका अध्यक्ष र खाँदबारी नगरपालिका–३ को वडा अध्यक्षको उपनिर्वाचन हुन लागेको हो। निर्वाचनको समय नजिकिएसँगै दलले प्रचार प्रसारलाई तिव्र बनाएका छन्।

उनीहरू घरघरदेखि खेतबारीमा समेत पुगेर भोट माग्न व्यस्त देखिएका मकालु–१ का ताराकुमार गुरुङले बताउनुभयो।उपनिर्वाचनमा ठूला दल नेपाल कम्युस्टि पार्टी (नेकपा) र नेपाली कांग्रेस मात्र होइन साना दलले पनि चुनावी प्रचारप्रसार तीव्रता दिएका छन्।

मकालु गाउँपालिकाका अध्यक्षको दुर्घटनामा मृत्यु भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो। अहिले दलका उम्मेदवारलगायत नेता कार्यकर्ताले मतदाता माझ दुःख सुखमा साथ दिने र विकास निर्माणलगायत बेरोजगार समस्याको समधान गर्ने बाचा गर्ने गरेका छन्।

संखुवासभाको मकालु गाउँपालिकाको अध्यक्ष पदमा सात राजनीतिक दलले उम्मेदवारी दर्ता गराएर चुनावी अभियानमा लागेका छन् भने खाँदबारी नगरपालिका–३ को वडा अध्यक्षमा दुई दल नेकपा र कांग्रेले उमेदवारी दर्ता गराएका छन्।

दुई वटै स्थानीय तहमा सतारुढ दल नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो जित सुनिश्चित रहेको दाबी गरेका छन्।