वरिष्ठ पत्रकार एवं साहित्यकार विनय कसजुको निधन

470
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

वरिष्ठ पत्रकार एवं बाल साहित्यकार विनयकुमार कसजुको निधन भएको छ । निमोनियका कारण विरामी भएका उनको उपचारका क्रममा लतिलपुरको मेडिसिटी अस्पतालमा मंगलबार दिउँसो निधन भएको हो । पछिल्लो केही समयदेखि कसजुको आईसीयूमा उपचार भइरहेको थियो ।

कसजु राष्ट्रिय सूचना आयोगका पहिलो प्रमुख आयुक्त हुनुका साथै राष्ट्रिय समाचार समितिका पूर्वसञ्चालक समिति सदस्य समेत रहेका थिए । उनले बालसाहित्यमा ५० बढी कृति प्रकाशित गरेका छन् ।