बैकिङ्ग कसुर मुद्धामा फरार प्रतिवादी पक्राउ

0
Shares

ललितपुर । बैकिङ्ग कसुर मुद्धामा फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महालक्ष्मी नगरपालिका ईमाडोल बस्ने ४२ वर्षीय पञ्च महर्जन रहेको प्रहरीले जनाएको छ ।

उच्च अदालत पाटनको २०७६ असार ८ गते फैसलाले बैकिङ्ग कसुर मुद्धामा ३ लाख ५० हजार रुपैयाँ जरिवाना र १० दिन कैद सजाय भई फरार रहेका उनलाई मंगलबार बिहान महालक्ष्मी नगरपालिका ४ ईमाडोलबाट प्रहरीले पक्राउ गरेको हो ।

महर्जनलाई कैद तथा जरिवाना असुलीको लागि जिल्ला अदालत ललितपुर पठाइएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।