नक्कली नोटसहित एक पक्राउ

0
Shares

बारा । सिम्रौनगढ नगरपालिका ५ बस्ने ३५ वर्षीय शम्भु महतोलाई नक्कली नोटसहित प्रहरीले पक्राउ गरेको छ । महतालाई एक हजार दरको नक्कली नोट १ थान सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

महागढीमाई नगरपालिका १ गढीमाई मन्दिर अगाडि पुजा पसलमा सामान खरिद गर्दा महतोले उक्त नक्कली नोट दिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बरियारपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस विषयमा थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।