मेडिकल कलेजका संचालकलाई सिधै कारवाही गर्नुपर्छ : नेता पाण्डे

0
Shares

कृष्णउदास खनाल, वीरगन्ज ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता सुरेन्द्र पाण्डेले विद्यार्थीलाई ठग्ने मेडिकल कलेजलाई सरकारले सिधै कारवाही गर्नुपर्ने बताउनुभएको छ ।

वीरगन्जमा मंगलबार प्रेस संगठन नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले विद्यार्थीहरुबाट असुलिएको अतिरिक्त शुल्क फिर्ताको अल्मिटेम दिने सरकारी निर्णयप्रति असन्तुष्टि जनाउँदै नेता पाण्डेले कानुनविपरीत काम गर्ने मेडिकल कलेजमाथि कारवाही नै चलाउनुपर्नेमा जोड दिनुभयो । नेता पाण्डेले सीमा समस्यामा जस्तै देशको समृद्धिको मुद्दामा पनि दलहरु एक हुनुपर्ने अडान राख्नुभयो उहाँले कूटनीतिक युद्ध थालियोस् भन्नुभयो । उहाँले नेपालले आफ्नो एक इन्च पनि भूभाग छाड्न नहुने मत बताउनुभयो ।

नेता पाण्डेले सीमा अतिक्रमण हुँदा पहिले नागरिक समाज र विपक्षी बोल्दा नबोलेको स्मरण गराउँदै यो पटक सरकार पनि बोलेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयोः ‘पहिले विपक्षी र नागरिक बोल्दा सरकार केही बोल्दैनथियो। तर यो सरकार आफैँ बोलेकाले यो कुरा सकारात्मक छ’, उहाँले भन्नुभयो ‘अब भारतसँग कूटनीतिक पहल गरेर जमिन फिर्ता लिनुपर्छ।’ नेता पाण्डले भौतिकरुपमा कसैसँग जुध्ने भन्दा यो मामिलामा कूटनीतिक लडाइँ महत्त्वपूर्ण हुनेमा जोड दिनुभयो ।