डोटीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुँदै

188
Shares

विमल विष्ट, डोटी ।

निजी क्षेत्रको लगानीबाट सञ्चालन हुँदै आएको जिल्लाको दिपायल सिलगढी नगरपािलका वडान. ४ राजपुरमा रहेको सुजंङ्ग अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । यहि मङ्सिर १४ गते रउक्त अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।

नयाँ समाज नेपाल डोटी, सुजंङ्ग अस्पताल राजपुर डोटी र सिपि अस्पताल प्रा.लि. धनढीको संयुक्त आयोजनामा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । शिविरमा सिपि अस्पतालका वरिष्ठ पेट रोग विशेषज्ञ सर्जन डा.सिपि पाण्डेय, हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डा. पुजन रन्जीत, पेट दम छाला ब्लडपेसर, सुगर सम्बन्धि वरिष्ठ कन्सन्टेन्ट फिजिसियन डा. गौरव कुमार गुप्ता लगायत अन्य वरिष्ठ चिकित्सकहरुले सेवा दिने सिबिर आयोजक संस्था नयाँ समाज नेपालका अध्यक्ष रोशन कठायतले बताउनुभयो ।

उहाँले भन्नुभयो, “रोग लागेर उपचार गर्न नसकेका बिरामीकालागि हामीले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएक छौँ,रोग पालेर बस्नु भन्दा उपचार गरेर स्वस्थ हुनु राम्रो ।” जिल्लामा उक्त संस्थाले पहिलो पटक उक्त सिबिरको आयोजना गर्न लागेको हो । शिविरमा आएका बिरामीहरुलाई औषधी समेत निःशुल्क रुपमा बितरण गरिने आयोजक संस्थाले जनाएको छ । उक्त : संस्थाले यस भन्दा पहिले बिभिन्न खेलकुदहरु क्रिकेट,भलीवल तथा फुट्वलहरु खेलको आयोजना गर्दै आएको थियो ।