दार्चुलाबाट विप्लवका ६ कार्यकर्ता पक्राउ

0
Shares

न्युज अफ नेपाल, दार्चुला ।

नेत्रविक्रम चन्द (विप्लव) समूहका छ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा डडेल्धुराको पर्शुराम नगरपालिका ५ का २३ वर्षीय गणेश बोहरा, डडेल्धुराकै भागेश्वर गाउँपालिका ३ का २२ वर्षीय ललित सार्की , दार्चुलाको मार्मा गाउँपालिका ४ का १९ वर्षीय धनसिंह धामी, बझाङको बुङ्गल गाउँपालिका ४ का २९ वर्षीय तिलक कुँवर, बझाङकै खप्तड छन्‍ना गाउँपालिका ८ का २५ वर्षीय शुभाष जोशी र बाजुराको बूढीगंगा नगरपालिका १० का २१ वर्षीय दीपक रावत रहेका छन् ।

विषेश सूचनाका आधारमा सशस्त्र प्रहरी र जिल्ला प्रहरी कार्यालयको टोलीले उनीहरुलाई मंगलबार बिहान सदरमुकामबाट पक्राउ गरेको हो । उनीहरुको साथबाट भारतीय बिस्तारवाद मुर्दावाद (वी नेपाल), नरेन्द्र मोदी मुर्दावाद, कालापानी हाम्रो हो, लेखेका कागज र क्रान्तिकारी विद्यार्थीको झण्डा बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।